काठमाडौं । विश्व भोकमरी सूचकांक (जीएचओ) सन् २०२२ को सूचीमा भारत १ सय ७ औँ स्थानमा झरेको छ । कन्सर्न वर्ल्डवाइड आइरिस सहायता एजेन्सी र वेल्टहङ्गरहिल्फ नामको जर्मन संस्थाले संयुक्त रूपमा सार्वजनिक गरिएको सूचकांकको प्रतिवेदनमा भारत विश्वका १ सय २० देश र क्षेत्रमध्ये १ सय ७औँ स्थानमा झरेको देखिएको हो ।
गएको वर्ष १ सय १औँ स्थानमा रहेको भारत तल झरेर एसियाली देशहरु नेपाल, श्रीलंका, म्यानमार, बङ्लादेश र पाकिस्तानभन्दा पनि पछि परेको हो । जीएचआई अनुसार नेपाल ८१, श्रीलंका ६४, म्यानमार ७१, बंगलादेश ८४ र पाकिस्तान ९९औँ स्थानमा रहेका छन् ।
नयाँ तथ्यांकमा यस वर्ष १४ देश वा क्षेत्र भारतभन्दा खराब सूचीमा परेका छन् । भोकमरी र कुपोषणको अनुगमन गर्ने जीएचआईका अनुसार भारतमा भोकमरीको स्तर ‘गम्भीर’ छ । अल्पपोषण, बाल पुड्कोपन र पाँच वर्षभन्दा कम उमेरका बच्चाहरूको मृत्युदर गरी जीएचआई स्कोर चार सूचकहरूमा गणना गरिन्छ ।
पाँच वर्षभन्दा कम उमेरका बालबालिकाको तौल कम हुनुलाई अल्पपोषणको कारण मानिन्छ । प्रतिवेदनअनुसार १७ वटा देशले जीएचआई स्कोर ५ भन्दा कम प्राप्त गरेका छन् ।
