काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) रुपन्देहीका नेता भरथरी यादव कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँणले उनलाई पार्टी प्वेश गराएका हुन् । निर्वाचन नजिकिएसँगै गृहमन्त्री खाँणले प्रचारप्रसार र पार्टी प्रवेशलाई तीव्रता दिएका छन् ।
यादव जसपा जानुपूर्व कांग्रेसमै महाधिवेशन प्रतिनिधि थिए । शुद्धोधन गाउँपालिका ५ का बासिन्दा यादव शुद्धोधनमा राम्रो प्रभाव भएका नेता हुन् ।
