• ट्रेण्डिङ्ग :
प्रधानमन्त्रीद्वारा जोशीको निधनप्रति दुःख व्यक्त

प्रधानमन्त्रीद्वारा जोशीको निधनप्रति दुःख व्यक्त


  • 6.4K
    SHARES
    • आश्विन ३०, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 9.8K Views

    प्रधानमन्त्रीद्वारा जोशीको निधनप्रति दुःख व्यक्त

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शतब्दी पुरुष सत्यमोहन जोशीको निधनप्रति दुःख व्यक्त गरेका छन् । आइतबार सामाजिक सञ्जाल ट्विटरमार्फत प्रधानमन्त्री देउवाले शताब्दी पुरुष जोशीको निधनको खबरले आफू दुःखी भएको बताएका हुन् ।

    images

    उनले नेपाली संस्कृतिको क्षेत्रमा गरेको योगदान राज्यले सधैं सम्झिरहने बताए । शताब्दी पुरूष सत्यमोहन जोशीको निधनको खबरले निकै दुःखी भएको छु । उहाँले नेपाली संस्कृतिको क्षेत्रमा गरेको योगदान राज्यले सधैं सम्झिरहनेछ ।’

    प्रधानमन्त्री देउवाले मृतक जोशीको आत्माको चीर शान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् । संस्कृतिविद् जोशीको आइतबार राति ७ बजेर ९ मिनेट जाँदा ललितपुरस्थित किस्ट अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

    Capture.JPG


    तेस्रो आँखा