• ट्रेण्डिङ्ग :
इरानको इभिन जेलमा आगलागी हुँदा ४ जनाको मृत्यु, ६१ जना घाइते

इरानको इभिन जेलमा आगलागी हुँदा ४ जनाको मृत्यु, ६१ जना घाइते


  • 4.2K
    SHARES
    • आश्विन ३१, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 6.5K Views

    इरानको इभिन जेलमा आगलागी हुँदा ४ जनाको मृत्यु, ६१ जना घाइते

    तेहरान। तेहरानको इभिन कारागारमा शनिबार राति भएको आगलागीमा परी कम्तीमा चार कैदीको मृत्यु हुनाका साथै अन्य ६१ जना घाइते भएको सरकारी समाचार एजेन्सी इरनाले आइतबार जनाएको छ ।

    images

    इभिन कारागारको वार्डका केही कैदीहरूबीच हिजो राति भएको झडप र आगलागीपछि  सो दुर्घटना भएको हो ।  विषाक्त धुवाँबाट निसास्सिएर मृत्यु भएका चार कैदीहरूलाई चोरीको अभियोगमा दोषी ठहर गरिएको थियो र  उनीहरूले इभिन जेलमा सजाय भोगिरहेका थिए ।

    घाइते ६१ मध्ये ५१ जनाको क्लिनिकमा उपचार गरिएको थियो भने १० जनालाई अस्पतालमा भर्ना गरिएको थियो ।  प्रतिवेदन अनुसार चोटपटकको जोखिममा रहेका ७० भन्दा बढी कैदीहरूलाई बचाइएको थियो।


    तेस्रो आँखा