• ट्रेण्डिङ्ग :
भारतीय कांग्रेसको नयाँ नेतृत्व छान्न आज चुनाव हुँदै 

भारतीय कांग्रेसको नयाँ नेतृत्व छान्न आज चुनाव हुँदै 


  • 4.9K
    SHARES
    • आश्विन ३१, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 7.6K Views

    भारतीय कांग्रेसको नयाँ नेतृत्व छान्न आज चुनाव हुँदै 

    काठमाडौं । भारतीय कांग्रेसको अध्यक्षको लागि आज चुनाव हुँदैछ । कांग्रेस आईको अध्यक्षको लागि मल्लिकार्जुन खड्ने र शशि थरुर प्रतिस्पर्धामा छन् । खड्गेलाई गान्धी परिवारको समर्थन रहेको छ ।

    images

    आज मतदान भएसँगै २२ वर्षसम्म गान्धी परिवारमा रहेको कांग्रेसको नेतृत्व अब गान्धी परिवारबाट बाहिर जाने पक्का भएको छ । नेतृत्व छान्न २२ वर्षमा पहिलो पटक हुन लागेको चुनावलाई भारतसहित संसारभरका प्रजातान्त्रिक देशबाट निकै महत्त्वका साथ हेरिएको छ ।

    नेतृत्व चयनको लागि आज मतदान हुने र पर्सि मतगणना हुने जनाएको छ । मतदानमा देशभरका ९ हजार ८ सयभन्दा धेरै प्रतिनिधि सहभागी हुनेछन् ।

    अध्यक्ष पदका दाबेदार खड्गे र थरुरले कांग्रेसको खस्किँदो अवस्थालाई सुधार गर्ने र आउँदो चुनावमा विजयी बनाएर देशको नेतृत्व गर्ने दाबी गरेका छन् ।  बीबीसी


    तेस्रो आँखा