सर्लाही। जनकपुरधाम-सर्लाहीमा यात्रुबाहक बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । बस सडकबाट बाटो छेउमा पल्टिँदा बसमा सवार रहेका ३३ जनामध्ये २३ जना घाइते भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय, सर्लाहीका अनुसार सोमबार बिहान करिब ३ बजेको समयमा काकडभिट्टाबाट भैरहवातर्फ जाँदै गरेको बा ४ ख ३३७८ नम्बरको नाइट बस ईश्वरपुर नगरपालिका १२ बाँकेस्थित पूर्व-पश्चिम लोकमार्गमा अनियन्त्रित भएर दुर्घटना भएको हो ।
घाइतेमध्ये ३ वर्षीया बालिकासहित दुईको अवस्था गम्भीर रहेको छ। उनीहरूलाई थप उपचारका लागि झापा रिफर गरिएको छ।बसका सह-चालक झापाको मेचिनगर नगरपालिका ७ बस्ने २१ वर्षीय प्रदिप पुरी र वडा नं. ९ का बस चालक दिपक बोहराका ३ वर्षीया छोरी प्रिन्स बोहराको अवस्था गम्भीर रहेको छ।
यस्तै, सो दुर्घटनामा परेर झापाको कामलजुरी गाउँपालिका २ बस्ने ४५ वर्षीया दिलमाया न्यौपाने, कमलजुरी गाउँपालिका २ बस्ने २५ वर्षीया शर्मिला न्यौपाने, मेचिनगर नगरपालिका ११ भैइजन बस्ने २१ वर्षीया सीता राई, मोरङको उर्लावारी नगरपालिका १ बस्ने ४८ वर्षीया कमला रिजाल, मकवानपुर हे.उ.न.पा. ३ बस्ने ३१ वर्षीय रमेश खाति, चितवनको रत्ननगर नगरपालिका १५ बस्ने ४८ वर्षीया सीता विक।, काठमाडौँ १४ बस्ने ३६ वर्षीया सुमि सुव्बा, मोरङको पत्थरी सनिशचरे नगरपालिका ३ बस्ने ५५ वर्षीय नारायण प्रसाद खनाल, सुनसरीको रामधुनी नगरपालिका ७ बस्ने ४० वर्षीय कमला काफ्ले, भारतको आशाम बस्ने ३२ वर्षीय सौरब दास र सर्लाहीको हरिवन नगरपालिका ६ बस्ने २९ वर्षीय सोनु अधिकारीको अवस्था मध्यम रहेको छ।
१० जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। उनीहरूको उपचार सर्लाहीको अस्पतालमा भइरहेको छ। सामान्य घाइते भएकाहरु आ-आफ्ना गन्तव्यतर्फ गएका छन् भने बाँकीको उपचार भइरहेको सर्लाही प्रहरीले जनाएको छ।
