• ट्रेण्डिङ्ग :
आफू राम्रो र अरू नराम्रो भनेर प्रचार गर्न पाइँदैन : निर्वाचन आयोग

आफू राम्रो र अरू नराम्रो भनेर प्रचार गर्न पाइँदैन : निर्वाचन आयोग


  • 3.5K
    SHARES
    • आश्विन ३१, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 5.4K Views

    आफू राम्रो र अरू नराम्रो भनेर प्रचार गर्न पाइँदैन : निर्वाचन आयोग

    काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्न उमेदवारहरूलाई आग्रह गरेको छ ।

    images

    राजनीतिक दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारीले चुनाव प्रचारप्रसार गरेको उजुरी परेसँगै आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न सचेत गराएको हो ।

    आचारसंहिताअनुसार निर्वाचन हुने दिनभन्दा १७ दिन अगाडिदेखि (कात्तिक १८ गतेदेखि) मात्रै प्रचारप्रसार गर्न पाइने निर्वाचन आचारसंहिता कन्द्रीय अनुगमन समितिका संयोजकसमेत रहेका आयुक्त रामप्रसाद भण्डारीले बताए ।

    यस्तै आयुक्त भण्डारीले उम्मेदवारीले घरदैलो कार्यक्रम गर्न पाउने र त्यसमा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने प्रावधानलाई पनि पालना गर्न सचेत गराए । 
     
    घरदैलोमा बाजागाजा र तामझाम गरिरहेको उजुरी आयोगमा परेको भन्दै उनले त्यस्ता कार्य नगर्न आग्रह गरे । घरदैलोमा तामझाम र बाजागाजा गर्नु पनि आचारसंहिता विपरित हुने उनको भनाइ छ । आचारसंहिताको परिधिभित्र बसेर कानुनी सजाय नपाउनेगरी घरदैलो गर्न उनले उमेदवारहरूलाई आग्रह गरे । 

    'उमेदवारहरूले आफू राम्रो र अरु नराम्रो भनि प्रचारप्रसार गर्न नपाइने उल्लेख छ ।  उमेदवारहरुलाई आफ्नो घोषणापत्र अनुरुप र आफूले गर्ने कामहरूको मात्रै प्रचारप्रसार गर्न हामीले भनेका छौँ,' उनले भने, 'अरु दल र स्वतन्त्र उमेदवार नराम्रो भनेर प्रचार गर्न नपाइने आचारसंहितामा उल्लेख छ ।'

    आयुक्त भण्डारीले प्रचारप्रसारको क्रममा आचारसंहिता उल्लंघन भएमा आयोगले उम्मेदवारीको मनोनयनपत्र खारेजसम्म गर्नसक्ने चेतावनी दिएका छन् ।  

    आयुक्त भण्डारीले आयोगले हालसम्म थुप्रै उमेदवारलाई स्पष्टीकरण सोधिसकेको जानकारी दिए । स्पष्टीकरण चित्तबुझ्दो नभएमा थप कानुनी कारबाही अगाडि बढाइने र आचारसंसिहता पालना गराउने सन्दर्भमा आयोग निर्मम र निर्दयी भएर अघि बढ्ने स्पष्ट पारे । 


    तेस्रो आँखा