कति काम ? घाटसम्म पुगुञ्जेल काम नै छ । तर, बेलाबखत फुर्सद निकालेर घुम्नु पनि पर्छ । जसमा मज्जा बेग्लै हुन्छ । हाम्रा गाउँ, घर, बाटो, पुल खोल्साखोल्सीहरुमा भएको पर्यटन मामुली होइन । जसलाई हामीले फोटो मार्फत् देखाइरहेका छौं । हामीले ती र त्यस्तै तस्बिर तेस्रोआँखा डटकममार्फत ‘फोटो बोल्छ’ शृंखलामार्फत देखाइरहेका हौं । आजको शृंखलामा समसामयिक विषयमा लेख्दै आएका पत्रकार कविराज कार्की र फोटोमार्फत् मुगु देखाउने वीरेन इरागनले खिचेका तस्बिरको भारीसहित ‘फोटो बोल्छ’ शृंखलाका भरिया तपाईंको चौतारो (हातको मोबाइल, कम्प्युटर, ल्याप्टपलगायत इन्टरनेट र ब्राउजर खुल्ने साधन)तिरै बस्यौँ :

पूर्णिमामा खत्याड मुगुको खेसमालिका । तस्बिर : वीरेन इरागन
मुगुको तिहार गुम्बा । तस्बिर : वीरेन इरागन

खत्याड– ४ मुगुकी बालिका । तस्बिर : वीरेन इरागन

बाजुराको मार्तडीस्थित साफेबगर । तस्बिर : कविराज कार्की

अर्ग्यानिक मुगुको स्याउ । तस्बिर : वीरेन इरागन

मुगूम र्मारोङ्गमा–१ साझतर्फ गोमु गाउँ । तस्बिर : वीरेन इरागन

कालीकोटस्थित जितेगडा । तस्बिर : वीरेन इरागन

कुहिरो लाग्दै मुगुको छायाँनाथ रारा नगरपालिकाको तिर्प गाउँ । तस्बिर : वीरेन इरागन

गोरुसिङ्गे, रारा राष्ट्रिय निकुञ्जको चुचेमारा क्षेत्र । तस्बिर : वीरेन इरागन
