• ट्रेण्डिङ्ग :
कांग्रेसका संस्थापक नेता महेशशरण भट्टको निधन

कांग्रेसका संस्थापक नेता महेशशरण भट्टको निधन


  • 4.8K
    SHARES
    • आश्विन ३१, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 7.4K Views

    कांग्रेसका संस्थापक नेता महेशशरण भट्टको निधन

    काठमाडौं । नेपाली कांग्रेस बैतडीका संस्थापक तथा पुराना नेता महेशशरण भट्टको सोमबार निधन भएको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–४ पिपलकोट निवासी भट्टको ७५ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको हो । पारिवारिक स्रोतका अनुसार भट्ट श्वासप्रश्वासका बिरामी थिए ।

    images

    भट्ट केही वर्षयता सक्रिय राजनीतिबाट टाढा रहे पनि सामाजिक क्षेत्रमा पनि निकै परिचित नाम हो । नेपाली कांग्रेस बैतडीको सचिवसमेत रहिसक्नुभएका भट्टले विभिन्न सङ्घसंस्थाको नेतृत्वसमेत गरेका थिए ।

    भट्ट नेपाल परिवार नियोजन सङ्घ बैतडीको सभापतिसमेत थिए । श्रीकेदार मावि पिपलकोटको संस्थापक प्रधानाध्यापकका रूपमा काम गरेका भट्टले समाज परिवर्तनका लागि थुप्रै काम गरेका थिए । 

    विसं २०५० मा नेपाली कांग्रेसका सभापति दुर्गादत्त जोशी रहेका बेला भट्ट पार्टीको सचिव रहेका थिए ।  कांग्रेस बैतडीको संस्थापक नेताका रूपमा रहेका भट्टको निधनले नेपाली कांग्रेसलाई अपूरणीय क्षति पुगेको पार्टीले जनाएको छ ।

    भट्टको निधनसँगै बैतडी कांग्रेसले एक कुशल अभिभावक गुमाएको कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले बताए । भट्टको निधनमा कांग्रेसका नेता, कार्यकर्ताका साथै अन्य व्यक्तिले समेत शोक व्यक्त गरेका छन् ।   
     


    तेस्रो आँखा