• ट्रेण्डिङ्ग :
माओवादीले आजसम्म उम्मेदवारी फिर्ता लिए कारबाही नगर्ने

माओवादीले आजसम्म उम्मेदवारी फिर्ता लिए कारबाही नगर्ने


  • 5.0K
    SHARES
    • आश्विन ३१, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 7.7K Views

    माओवादीले आजसम्म उम्मेदवारी फिर्ता लिए कारबाही नगर्ने

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टी एवं गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्धको बागी उम्मेदवारी फिर्ता लिए कारबाही नगर्ने भएको छ । 

    images

    आज साँझसम्म सार्वजनिकरूपमा वक्तव्य प्रकाशित गरी आफ्नो उम्मेदवारी निष्क्रिय गराएमा त्यस्ता बागी उम्मेदवार तथा तिनका प्रस्ताव र समर्थकमाथि कारबाही फिर्ता लिइने माओवादीको केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए ।  

    उम्मेदवारी निष्क्रिय गराउने बागी उम्मेदवारले पार्टीका एवं गठबन्धन दलभित्रका आधिकारिक उम्मेदवारलाई विजयी गराउन पूर्णरूपमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुपर्ने उनले जानकारी दिए । 

    माओवादीले पार्टी तथा गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका नेता कार्यकर्तालाई आज साँझसम्म उम्मेदवारी फिर्ता नलिए त्यस्ता बागी उम्मेदवार, तिनका प्रस्तावक र समर्थकलाई सम्पूर्ण जिम्मेवारीसहित पार्टीबाट निष्कासन गर्ने जनाएको थियो । 


    तेस्रो आँखा