• ट्रेण्डिङ्ग :
आजको मौसम
आज यी क्षेत्रमा हल्का वर्षा हुने 

आज यी क्षेत्रमा हल्का वर्षा हुने 


  • 4.6K
    SHARES
    • कार्तिक १, २०७९ मंगलबार
    • ३ बर्षs अघि
    • 7.1K Views

    आज  यी क्षेत्रमा हल्का वर्षा हुने 


    काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पहाडी भू-भागमा  आंशिक देखी सामान्य बदली  रही बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। 

    images

    मंगलबार दिउँसो देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली  रही बाँकी  प्रदेशहरुमा  आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। 

    मंगलबार राति गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही  बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
     


    तेस्रो आँखा