• ट्रेण्डिङ्ग :
सहमहामन्त्री पदको मतगणना सुरु/८ पदका लागि १९ जना प्रतिस्पर्धामा

सहमहामन्त्री पदको मतगणना सुरु/८ पदका लागि १९ जना प्रतिस्पर्धामा


  • 7.9K
    SHARES
    • पौष १, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 12.1K Views

    सहमहामन्त्री पदको मतगणना सुरु/८ पदका लागि १९ जना प्रतिस्पर्धामा

    काठमाडौं, १ पुस । कांग्रेस सहमहामन्त्री पदको मतगणना सुरुभएको छ । नेपाली कांग्रेस पार्टी कार्यालय ललितपुरमा मतगणना सुरुभएको केन्द्रीय निर्वाचन समिति सचिव जगन्नाथ श्रेष्ठले बताए । 

    images

    मंसिर २७ गते सोमबार भएको मतदानमा विभिन्न क्लस्टरबाट ८ पदका लागि १९ जना चुनावी मैदानमा रहेको छ । कांग्रेस विधान अनुसार विभिन्न क्लस्टर र भूगोलको प्रतिनिधित्व गर्न ८ सहमहामन्त्री बनाउने व्यवस्था गरिएको छ । 

    समावेशी कोटा अन्र्तगत महिला एक पदकालागि दुई जना, एक दलित पदकालागि तीन जना, आदिवासी जनजाती एक सिटकालागि दुई जना, खसआर्य एक सिटकालागि दुई जना, मधेशी एक सिटकालागि तीन जना प्रतिस्पर्धामा रहेका छन् । 

    त्यस्तै मुस्लिम एक सिटकालागि  दुई जना मैदानमा हुदा, थारु तर्फ दुई जना प्रतिस्पर्धा छन् । पिछडिएको क्षेत्र एक सिटकालागि तीन जना प्रतिस्पर्धामा रहेका छन् । १४ औं महाधिवेशन अन्र्तगत कांग्रेसले अहिलेसम्म सभापति, उपसभापति र महामन्त्रीको टुंगो लगाइसकेको छ । सहमहामन्त्रीको टुंगो आजै लाग्ने निर्वाचन समितिले जनाएको छ । 

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस

  • तेस्रो आँखा