• ट्रेण्डिङ्ग :
जनताको विश्वास टुट्न दिन्न : रामचन्द्र पौडेल

जनताको विश्वास टुट्न दिन्न : रामचन्द्र पौडेल


  • 9.2K
    SHARES
    • कार्तिक १, २०७९ मंगलबार
    • ३ बर्षs अघि
    • 14.2K Views

    जनताको विश्वास टुट्न दिन्न : रामचन्द्र  पौडेल

    ब्यास । नेपाली कांग्रेससका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताका हरेक समस्यासँग आफू अवगत रहेकाले त्यसको समाधानका लागि कटिबद्ध भएर लाग्ने  बताएका छन् । तनहुँको व्यास नगरपालिका १० स्थित शेवर, नयाँबस्ती, डिहीगाउँमा मंगलबार आयोजित मतदाता भेटघाट कार्यक्रममा उनले जनताका समस्या समाधान गर्न आफू राजनीतिमा लागेको जनाएका छन् । 

    images

    तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका वरिष्ठ नेता पौडेलले भने, 'यहाँका हरेक समस्या मलाई थाहा छ, खानेपानी, सडक स्तरोन्नति र रोजगारीका लागि लागिपरेको छु । जनताको विश्वासलाई टुट्न दिन्न ।' उनले शेवरदेखि कलेस्तीसम्म पुग्ने सडक स्तरोन्नति र रसायनिक मल उद्योग खोल्ने विषयमा पहल भइरहेको जानकारी दिएका छन् । 

    लोकतन्त्र र संविधान रक्षाका लागि अहिलेको गठबन्धन बनेको र यसलाई निरन्तर अगाडि बढाउनुपर्नेमा नेता पौडेलले जोड दिएका छन् । लोकतन्त्र संकटमा परेको बेला बनेको गठबन्धनलाई बलियो बनाएर अगाडि बढाउन सबै एकजुट भएर लाग्नु पर्नेमा उनले जोड दिएका छन् । तनहुँ क्षेत्र नम्बर १ प्रदेश–१ का उम्मेदवार अशोककुमार श्रेष्ठले जनताका हरेक समस्या समाधान नेपाली कांग्रेससको नेतृत्वमा सम्भव भएको जनाए । नेकपा (माओवादी) केन्द्रका केन्द्रीय सदस्य ओमकुमारी पौडेलले गठबन्धनले संविधान जोगाएको र अब थिती बसाल्नुपर्नेमा जोड दिइन् ।

  • सम्बन्धित विषय:

  • # रामचन्द्र पाैडेल
  • # नेपाली कांग्रेस

  • तेस्रो आँखा