• ट्रेण्डिङ्ग :
दक्षिण पश्चिम पाकिस्तानमा ४ आतंककारीको मृत्यु

दक्षिण पश्चिम पाकिस्तानमा ४ आतंककारीको मृत्यु


  • 3.4K
    SHARES
    • कार्तिक १, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 5.3K Views

    दक्षिण पश्चिम पाकिस्तानमा ४ आतंककारीको मृत्यु

    इस्लामाबाद । पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तको खारान जिल्लामा प्रहरीले गरेको आतंकवाद विरोधी अभियानमा चार आतंककारी मारिएका छन् ।

    images

    सिटिडीका अनुसार जिल्लामा आतङ्ककारी गतिविधि गर्ने योजनामा रहेका आतङ्ककारीहरू रहेको सूचनाका आधारमा उक्त अपरेशन गरिएको हो । उक्त क्षेत्रमा प्रहरी पुग्दा आतंककारीहरूले अन्धाधुन्ध गोली प्रहार  गरेका थिए जसको जवाफी कारबाहीमा ती आतङ्ककारी मारिएका हुन् । 

    झण्डै एक घण्टासम्म चलेको गोली हानाहानमा चार आतंककारी मारिएका हुन् । मारिएका आतङ्ककारीहरूबाट हातहतियार, गोली र विस्फोटक पदार्थ बरामद भएको र आतंककारी सञ्जालका बाँकी सदस्यहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । 


    तेस्रो आँखा