• ट्रेण्डिङ्ग :
गठबन्धनका उम्मेदवार जिताउन विमलेन्द्र निधिको आग्रह

गठबन्धनका उम्मेदवार जिताउन विमलेन्द्र निधिको आग्रह


  • 2.9K
    SHARES
    • कार्तिक १, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 4.4K Views

    गठबन्धनका उम्मेदवार जिताउन विमलेन्द्र निधिको आग्रह

    काठमाडौं । नेपाली कांग्रेसका पूर्वउसभापति विमलेन्द्र निधिले धनुषा निर्वाचन क्षेत्र नं ३ मा पाँचदलीय गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अनिलकुमार झालाई जिताउन अनुरोध गरेका छन्  ।

    images

    गृहजिल्ला धनुषा आइपुगेको नेता निधिले सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै गठबन्धनका उम्मेदवारलाई जिताउन सबै किसिमको सहयोग गर्न आफू तयार रहेको बताए । उनले भने, 'अनिल झाजीलाई जिताउनका लागि नै म यहाँ आएको हुँ' ।

    उनले अबदेखि आफू गृहनगरमै रहेर गठबन्धन दलका उम्मेदवारलाई जिताउन हरसम्भव प्रयास गर्ने बताए । निधिले यसका लागि अबदेखि आफू चुनावसम्म जनकपुरधाममै रहने जानकारी दिए । नेता निधिले पाँचदलीय गठबन्धनका उम्मेदवारलाई जिताउनका लागि चुनावी प्रचारप्रसारमा समेत लाग्न कार्यकर्तालाई आग्रह गरे । 


    तेस्रो आँखा