• ट्रेण्डिङ्ग :
युगान्डामा इबोलाबाट मृत्यु हुनेको संख्या २४ पुग्यो

युगान्डामा इबोलाबाट मृत्यु हुनेको संख्या २४ पुग्यो


  • 3.7K
    SHARES
    • कार्तिक २, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 5.6K Views

    युगान्डामा इबोलाबाट मृत्यु हुनेको संख्या २४ पुग्यो

    कम्पाला । युगान्डाको स्वास्थ्य मन्त्रालयले सोमबार इबोलाका कारण पछिल्लो चार दिनमा थप पाँच व्यक्तिको मृत्यु भएपछि मृत्यु हुनेको सङ्ख्या २४ पुगेको जनाएको छ ।

    images

     मन्त्रालयले अक्टोबर १६ सम्मको अद्यावधिकमा दुई नयाँ पुष्टि भएका घटनाहरू दर्ता गरेपछि पुष्टि भएका घटनाहरूको सङ्ख्या पनि बढेर ६० पुगेको बताएको छ । 

     सेप्टेम्बर २० मा मुबेन्डेको केन्द्रीय जिल्लामा इबोला सङ्क्रमणको व्यापकता देखिएको थियो । सङ्क्रमण नियन्त्रणका लागि मुबेन्दे र छिमेकी कसण्डा जिल्लामा २१ दिनदेखि लकडाउन र राति कर्फ्यू लगाइएको छ 

     सरकारले राजधानी कम्पाला सहरलाई पनि सम्भावित उच्च जोखिममा राखेको छ ।


    तेस्रो आँखा