• ट्रेण्डिङ्ग :
महासचिवमा पुनः विप्लव चयन, महाधिवेशनका निर्णयहरु पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिँदै

महासचिवमा पुनः विप्लव चयन, महाधिवेशनका निर्णयहरु पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिँदै


  • 3.6K
    SHARES
    • कार्तिक २, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 5.5K Views

    महासचिवमा पुनः विप्लव चयन, महाधिवेशनका निर्णयहरु पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिँदै

    काठमाडौं । कपिलवस्तुमा आयोजित नेकपाको नवौं महाधिवेशनबाट महासचिवमा पुनः नेत्रविक्रम चन्द विप्लव चयन भएका छन् । केन्द्रीय कार्यालय सचिव असल क्षेत्रीले महाधिवेशनका निर्णयहरु काठमाडौंमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने जानकारी दिएका हुन् ।

    images

    महाधिवेशनबाट ८१ जनाको केन्द्रीय समिति र ४५ सदस्यीय वैकल्पिक केन्द्रीय सदस्य चयन भएका छन् । नवौं महाधिवेशन गत असोज २५ गतेदेखि विप्लवको गृहक्षेत्र कपिलवस्तुको शिवगढीमा आयोजना गरिएको थियो ।

    महाधिवेशनले ‘एकीकृत जनक्रान्तिको विचार’लाई नयाँ उचाइमा पुर्याउने लक्ष्य कार्यदिशालाई निरन्तरता दिएको छ । एकीकृत जनक्रान्ति नै नवीन कार्यदिशा भएको बताउँदै क्षेत्रीले त्यसलाई अहिले समृद्ध गर्ने काम भएको बताए । तत्कालीन पार्टी अध्यक्ष मोहन वैद्यको कार्यक्षमतामा प्रश्न उठाउँदै २०७० मंसिरमा आफ्नै नेतृत्वमा विप्लवले नेकपा गठन गरेका थिए ।


    तेस्रो आँखा