• ट्रेण्डिङ्ग :
सोमालियाका बालबालिकामा कुपोषणको समस्या बढ्दो

सोमालियाका बालबालिकामा कुपोषणको समस्या बढ्दो


  • 4.0K
    SHARES
    • कार्तिक २, २०७९ बुधबार
    • ३ बर्षs अघि
    • 6.1K Views

    सोमालियाका बालबालिकामा कुपोषणको समस्या बढ्दो

    मोगादिसु । संयुक्त राष्ट्रसंघीय बालकोषले सोमालियाका बालबालिकामा कुपोषणको समस्या अझै बढ्नसक्ने जनाएको छ । उक्त निकायले सोमालिया तथा अरु देशका सरकारलाई पनि सोमालियामा बढ्दो मात्रामा देखिएको कुपोषणले झनै भयावह रुप पनि लिन सक्ने बताइएको छ ।

    images

    सोमालियामा विगत निकै लामो समयदेखि कुपोषणको सिकार रहेको र आगामी वर्षदेखि यहाँको यो समस्याले थप विस्तारित रुप लिएको बताइएको छ । युनिसेफले पछिल्ला वर्षहरुमा सोमालियमा कुपोषणबाट मृत्य हुने बालबालिकाको समस्या बढेकाले आगामी दिनमा यस विषयमा सोच्नुपर्नेमा जोड दिएको छ ।

    यहाँका बालबालिकामा पछिल्लो समयमा कुपोषणको समस्या देखिन थालेको र यसबाट मृत्यु हुनेको संख्या पनि दिनप्रतिदिन बढ्दै गएको पाइएको पनि युनिसेफले जनाएको छ । सो संस्थाका अनुसार गएको मे महिनादेखि आजसम्म कम्तीमा पनि ४४ हजार बालबालिका विरामी भएर अस्पताल भर्ना भएका र तीमध्ये अधिकांश नै कुपोषणको सिकार हुन पुगेका पनि बताइएको छ । 

  • सम्बन्धित विषय:

  • # सोमालिया
  • # बालबालिका
  • # कुपोषण

  • तेस्रो आँखा