• ट्रेण्डिङ्ग :
सुजाता कोइराला : फापेन ‘माइती-विद्रोह’ 

सुजाता कोइराला : फापेन ‘माइती-विद्रोह’ 


  • 10.7K
    SHARES
    • पौष १, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 16.4K Views

    सुजाता कोइराला : फापेन ‘माइती-विद्रोह’ 
    • मुन डिसी/ तेस्रो आँखा 

    काठमाडौं, १ पुस । पारिवारिक विरासतको धङधङि । सभापति बन्ने उपद्रो आकांक्षाले सुजाता कोइरालालाई सानेपामा शानदार ‘इन्ट्री’ मार्ने ‘ख्वाब’ जगाइरहेकै थियो । फलतः संस्थापन इतर समूहबाट उनले सभापति पदका लागि निरन्तर कसरत गरिनै रहिन ।

    images

    तर, उनले संस्थापन इतरबाट सभापतिको उम्मेदवारी पाउने कुनै संकेत देखिएन । उनी बाहेकका नेताहरु सभापतिको रस्साकस्सीमा लागे । सुजाताको नाम गुमनामनै बन्यो । संस्थाप इतरमा रामचन्द्र पौडेल, डा. शेखर कोइराला, प्रकाशमान सिंह र डा. शशांक कोइराला सभापतिका प्रमुख दाबेदार बनिरहेका थिए ।

    कोइराला परिवारको मियो थामिरहेको दम्भसहित उनले सभापति पदका लागि आफूलाई शक्तिशाली ठानिरहेकी थिइन् । स्वर्गवासी गिरिजाप्रसाद कोइरालाकी पुत्री भएकाले पनि आफूले सभापति बन्न पाउने उनको दाबी थियो । तर, संस्थापन इतरबाट सभापतिका लागि उनको नामसम्म नलिइएपछि उनी निराशमात्र होइन आक्रोशित पनि भइन् ।

    त्यही आक्रोशपूर्ण मुद्रामा लिएको निर्णयले आज उनी कांग्रेस राजनीतिमा अलपत्र अवस्थमा पुगिन् । उनले संस्थापन इतरमा आफ्ना दाजुभाइ डा. शेखर, डा. शशांक हुँदासम्म आफ्नो राजनीतिक भविष्य अन्योलमा देखिन् । र, सभापतिको आकांक्षालाई बिटमार्दै उपसभापति पदका लागि गणेशमान पुत्र प्रकाशमान सिंहको प्यानलमा गइन् । उपसभापति पदको सहमति गरिन् ।

    पदकै लागि उनले माइतीसँग विद्रोह गरिन् । सभापतिमा उनकै दाजु डा. शेखर उम्मेदवार थिए । उनले आफ्नो उम्मेदवारीका क्रममा पनि कोइराला परिवारको एकताबारे केही बोलिन् । एकता भंग नभएको भए पनि एकताका नाममा अपमान सहेको उल्लेख गरेकी थिइन् । यसले पनि उनको माइती-बिद्रोह प्रष्ट पारिरहेकै थियो ।

    रामचन्द्र पौडेल र डा. शशांक कोइराला सभापति पदबाट पछि हटेपछि संस्थापन इतरमा पनि दुई वटा टीम बन्यो- प्रकाशमान सिंह र डा. शेखर कोइरालाको । सुजाताले प्रकाशमानको प्यानलबाट उपसभापति पदमा उम्मेदवारी दिइन् । आफ्नै दाजुका विरुद्ध गएर उनी उपसभापति जित्ने दाउमा थिइन् तर पराजय भोग्नुपर्यो ।

    भावि उपसभापतिको परिकल्पना गर्दे फरक प्यानल रोजेकी सुजातालाई प्रकाशमानको साथ पनि ‘फापेन’ न त माइतीसँगको बिद्रोह । अन्ततः उनले पराजित हुनुपर्यो । गणेशमान पुत्र प्रकाशको टिममा पर्दा जितिन्छ भन्नेमा उनी ढुक्क थिइन् । बुधबार राती सम्पन्न उपसभापतिको मतगणना अनुसार उनको आशा निराशामा परिणत भएको छ । जित्छु भनेर माइतीसँग विद्रोह गरेर फरक टीमसँग हात मिलाएकी सुजाता उपसभापति पदमै पराजित भएकी छन् ।

    संस्थापन इतरमा रहँदा आफ्नै दाजुका कारण आफ्नो यात्रा अघि बढ्न नसक्ने उनले ठानेकी थिइन् । प्रकाशमान र सुजाता आफ्ना बुबाका विरासत थाम्ने दौडमा थिए । उनीहरु दुवैको सपना कांग्रेसको १४ औं महाधिवेशनमा पूरा हुन सकेन । माइतीसँग विद्रोह गरेर हिडेकी सुजाताको अबको राजनीतिक यात्रा के होला भन्ने प्रश्न उब्जिएको छ ।

    भलै उनले आफ्नो पराजयलाई जीतका रुपमा लिएको बताएकी छिन् । पराजय भएपछि सामाजिक सञ्जालमार्फत आफू उम्मेदवार बन्दा हजारौँ महिलाको साथ पाएको भन्दै महिलालाई आफ्नो उम्मेदवारीले उत्साहित बनाएको बताएकी छिन्।


    तेस्रो आँखा