• ट्रेण्डिङ्ग :
'निर्वाचन सामान्य नभएर देशको भविष्य बनाउने अवसर हो'

'निर्वाचन सामान्य नभएर देशको भविष्य बनाउने अवसर हो'


  • 3.2K
    SHARES
    • कार्तिक २, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 4.9K Views

    'निर्वाचन सामान्य नभएर देशको भविष्य बनाउने अवसर हो'

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न निर्वाचन सामान्य निर्वाचन मात्र नभएर देशको भविष्य बनाउने अवसर भएको बताएका छन् ।  

    images

    झापाको धुलाबारीमा अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै उनले निर्वाचन आयोगले निष्पक्ष ढङ्गले चुनाव गर्नेमा आफू आशावादी भएको उनले बताए ।  झुटो आश्वासन दिने र आचारसंहिताको पालना नगर्ने कार्य निर्वाचन आयोगले रोक्नुपर्ने उनको भनाइ थियो । साथै उनले प्रहरी प्रशासनलाई गैरकानूनी क्रियाकलाप रोक्न आग्रह गरे । 

    उनले पार्टीका नेता तथा कार्यकर्तालाई कानूनको पूर्णपालना र आचारसंहिताको ख्याल गर्नका लागि अनुरोध गरे । निष्पक्ष, शान्तिपूर्ण र भयरहित निर्वाचनका लागि सबैको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ थियो । मंगलबार झापा गएका ओली आज बिहान १० बजेपछि नियमित कार्यक्रम तथा भेटघाटमा सहभागी भएका छन् । 

  • सम्बन्धित विषय:

  • # एमाले अध्यक्ष ओली

  • तेस्रो आँखा