• ट्रेण्डिङ्ग :
पटाका गोदाममा विष्फोट हुँदा तीन जनाको मृत्यु

पटाका गोदाममा विष्फोट हुँदा तीन जनाको मृत्यु


  • 4.5K
    SHARES
    • कार्तिक ३, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 7.0K Views

    पटाका गोदाममा विष्फोट हुँदा तीन जनाको मृत्यु

    नयाँदिल्ली । मध्य प्रदेश राज्यको एउटा पटाका गोदाममा आज भएको विस्फोटमा एक बालक, एक महिला र एक पुरुषसहित  तीन जनाको मृत्यु हुनाका साथै अन्य धेरै घाइते भएका एक जना स्थानीय प्रहरीले सिन्ह्वालाई फोनमा बताएका छन् ।

    images

     राज्यको मोरेना जिल्लामा उक्त दुर्घटना भएको तथा सातजना घाइतेलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । विष्फोटका कारण भवन भत्किँदा धेरैजना भग्नावशेषमा फसेका थिए । यही कात्तिक ७ गते भारतभर मनाइने दिवाली पर्वका लागि बनाइएका पटाका गोदाममा भारी मात्रामा भण्डार गरिएको थियो ।

     प्रहरीका अनुसार तीन जनाको शव फेला परेको छ । यद्यपि उनीहरूको परिचय खुल्न बाँकी छ । भग्नावशेषमा अझै धेरै मानिस फसेका हुनसक्ने जनाउँदै प्रहरी खोज तथा उद्धार जारी रहेको बताएको छ । 
     


    तेस्रो आँखा