• ट्रेण्डिङ्ग :
कङ्गोमा विद्रोहीहरूद्वारा स्वास्थ्य केन्द्रहरूलाई निशाना, सातको हत्या

कङ्गोमा विद्रोहीहरूद्वारा स्वास्थ्य केन्द्रहरूलाई निशाना, सातको हत्या


  • 4.6K
    SHARES
    • कार्तिक ४, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 7.1K Views

    कङ्गोमा विद्रोहीहरूद्वारा स्वास्थ्य केन्द्रहरूलाई निशाना, सातको हत्या

    कंगो । कङ्गोमा विद्रोहीहरूले पूर्वी प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा बुधबार राति दुईवटा स्वास्थ्य केन्द्रलाई निशाना बनाएर गरेको आक्रमणमा कम्तीमा सात जनाको मृत्यु भएको र एक नर्सलाई अपहरण गरेको स्थानीय स्रोतले बताएको छ।

    images


    'उनीहरूले बिरामीलाई पनि मारे,' उत्तरी किभु प्रान्तको बेनी क्षेत्रको माबोया शहरमा रहेको रेफरल क्लिनिकका नर्स नोर्बर्ट मुहिन्दोले एएफपीलाई  बताएका छन् । विद्रोहीहरू एलाइड डेमोक्रेटिक फोर्स (एडीएफ) मा आबद्ध रहेको बताइएको छ ।

     आक्रमणकारीहरूले पहिले स्वास्थ्य केन्द्रमा आगजनी गर्दै तीन जनाको हत्या गरेका थिए ।  शहरको केन्द्रमा आतङ्क फैलाउनु अघि अन्य तीन जना मारिएका थिए ।  मुहिन्दोले उनीहरू माबोया स्वास्थ्य केन्द्रबाट करिब १।५ किलोमिटर (लगभग एक माईल) टाढा रहेको 'प्रोटेस्टेन्ट समुदायको स्वामित्वमा रहेको टिङ्गे अस्पतालू मा गएको बताएका छन् । टिङ्गेमा उनीहरूले एक सेन्ट्रीलाई मारेको र एक नर्सलाई अपरण गरेको  बताएका  छन् ।

    बासु चीफडम (एउटा प्रशासनिक निकाय) को नागरिक समाजका अध्यक्ष रोजर वाङ्गेभले आक्रमणको पुष्टि गर्दै 'एडीएफ विद्रोहीहरू' उक्त घटनाको  जिम्बेवार ठानेका छन् । वाङ्गेभका अनुसार विद्रोहीहरूले पछि गाउँहरू जलाएर लुटपाट समेत गरेका थिए ।  यसै बीच सात जनाको मृत्यु भएको एक प्रहरी स्रोतले पुष्टि गरेको छ तर परिचय भने सार्वजनिक गरेको छैन । 
     


    तेस्रो आँखा