प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुने बताएका छन् । नेपाल सम्वत ११४३ को अवसरमा शुभकामना आदानप्रदान एवं राष्ट्रिय विभूति शंखधर साख्वाको शालिकमा माल्यार्पण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन भयरहित बन्ने बताए । उले निर्वाचनलाई भयरहित बनाउनका लागि सबै प्रवन्ध मिलाईसकिएको समेत बताए ।
