कात्तिक ९ ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका क्रममा उम्मेदवार र राजनीति दलका नेताबारे सामाजिक सञ्जालबाट लाञ्छनापूर्ण अभिव्यक्ति दिइएको पाइए एक लाख रुपैयाँ सम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको छ । निर्वाचन आयोगले केही सामाजिक सञ्जाल प्रयोगकर्ता समेतबाट फेसबुक पेज गुप्रबाट निर्वाचनमा उम्मेदवार रहेका दलको नेताबारे विभिन्न लाञ्छनापूर्ण अभिव्यक्ति तथा भ्रामक र द्वेषपूर्ण श्रव्य÷श्रव्यदृश्य सामग्री प्रकाशन गरेको प्रति आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
झुठा फेसबुक पेज गु्रप तथा समुह सिर्र्जना गरी नेता विरुद्ध प्रचारप्रसार गर्ने कार्य विद्युतीय कारोबार ऐन, २०७३ को दफा ४७, निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ को दफा २३ को दपदफा १ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को प्रतिकूल रहेको देखिने ठहर आयोगले गरेको छ । उल्लेखित कसुर गर्ने व्यक्तिलाई एक लाखसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको हुँदा झुठा फेसबुक पेज तथा गु्रप तत्काल हटाइ आगामी दिनमा यस किसिमको गतिविधि नगर्न सम्बन्धित सबैलाई जानकारी गराइएको आयोगले जनाएको छ ।
