• ट्रेण्डिङ्ग :
जलवायु परिवर्तनको विषयलाई राष्ट्रहरूले प्राथमिकता दिनुपर्ने राष्ट्र सङ्घको भनाइ

जलवायु परिवर्तनको विषयलाई राष्ट्रहरूले प्राथमिकता दिनुपर्ने राष्ट्र सङ्घको भनाइ


  • 4.2K
    SHARES
    • कार्तिक १०, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 6.5K Views

    जलवायु परिवर्तनको विषयलाई राष्ट्रहरूले प्राथमिकता दिनुपर्ने राष्ट्र सङ्घको भनाइ

    जलवायु परिवर्तनको विषयलाई राष्ट्रहरूले पुनः प्राथमिकता नदिए विश्वले विपत्तिको सामना गर्नुपर्ने संयुक्त राष्ट्र सङ्घले चेतावनी दिएको छ । सङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले इजिप्टमा आयोजना हुने कोप २७ मा सहभागी राष्ट्रहरु यो विषयमा गम्भीर बन्नुपर्ने बताउनुभयो । राष्ट्रसंघ प्रमुखगुटेर्रेसले जलवायु परिवर्तनको असरबाट बच्नका लागि विश्वको तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसमा राख्नेलगायतका प्रमुख लक्ष्यहरू बिर्सन नहुने बताउनुभयो । बेलायतका राजा चार्ल्स तृतीय र नयाँ प्रधानमन्त्री ऋषि सुनक दुवै कोप २७ मा सहभागि भएको हेर्न चाहेको समेत उहाँको भनाइ छ । 

    images


    तेस्रो आँखा