• ट्रेण्डिङ्ग :
विश्व शान्ति का लागि चीन र अमेरिकाले मेलमिलापको बाटो खोज्नुपर्ने चीनीया राष्ट्रपति सीको प्रस्ताव

विश्व शान्ति का लागि चीन र अमेरिकाले मेलमिलापको बाटो खोज्नुपर्ने चीनीया राष्ट्रपति सीको प्रस्ताव


  • 4.7K
    SHARES
    • कार्तिक १०, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 7.2K Views

    विश्व शान्ति का लागि चीन र अमेरिकाले मेलमिलापको बाटो खोज्नुपर्ने चीनीया राष्ट्रपति सीको प्रस्ताव


    चिनियाँ राष्ट्रपति सी जिनफिङले विश्व शान्ति र विकासका लागि चीन र अमेरिकाले मेलमिलापको बाटो खोज्नुपर्ने प्रस्ताव गर्नुभएको छ । चिनियाँ राष्ट्रपति सीले अमेरिका–चीन सम्बन्ध राष्ट्रिय समितिको वार्षिक उत्सवमा बधाइ दिँदै लेखेको पत्रमा यस्तो प्रस्ताव गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

    images

    प्रमुख शक्तिका रूपमा चीन र अमेरिकाबीच सञ्चार र सहयोगलाई सुदृढ बनाउनुपर्ने भन्दै सीले प्रमुख शक्तिबीच सम्बन्ध र सहयोगका कारण विश्वव्यापी स्थायित्व र विश्व शान्ति प्रवर्द्धन हुने विश्वास व्यक्त गरेको खबरमा उल्लेख छ । अमेरिकासँग मिलेर काम गर्न र पारस्परिक सम्मान प्रदान गर्न, शान्तिपूर्वक सहअस्तित्वमा रहन चीन इच्छुक रहेको भन्दै चिनीया राष्ट्रपति सीले यसो हुन सके चीन र अमेरिकालाई मात्र नभएर विश्वलाई नै फाइदा हुने उल्लेख गरेका छन् । 


    तेस्रो आँखा