• ट्रेण्डिङ्ग :
विद्युत प्राधिकरणले पुस ५ गतेसम्म बिलिङ प्रणाली बन्द गर्ने

विद्युत प्राधिकरणले पुस ५ गतेसम्म बिलिङ प्रणाली बन्द गर्ने


  • 8.9K
    SHARES
    • पौष १, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 13.7K Views

    विद्युत प्राधिकरणले पुस ५ गतेसम्म बिलिङ प्रणाली बन्द  गर्ने

    काठमाडौं, १ पुष । नयाँ महसुल दर कार्यान्वयन हुन लागेकाले आन्तरिक प्रणालीमा सुधार गर्नुपर्ने जनाउँदै नेपाल विद्युत प्राधिकरणले पुस ५ गतेसम्म बिलिङ प्रणाली बन्द गरेको छ ।

    images

    विद्युत नियमन आयोगको निर्णय अनुसार गत मङ्सिर महिनाको महसुल परिवर्तित महसुल अनुसार हुने भएकाले बिलिङ प्रणालीमा सुधार गर्नुपर्ने प्राधिकरणले जनाएको छ । आयोगले २० युनिटसम्म बिजुली खपत गर्ने ग्राहकले मासिक ३० रुपैयाँ महसुल तिर्ने गरी व्यवस्था गरेको छ ।

    सोही व्यवस्थालगायत महसुलका अन्य व्यवस्था कार्यान्वयन गर्नका लागि महुसुल काउन्टर पुस ५ गतेसम्मका लागि बन्द गरिएको प्राधिकरणले जनाएको छ । नयाँ महसुल दर अनुसार बिलिङ प्रणालीलाई अगाडि बढाउन काउण्टर बन्द गरेर आवश्यक व्यवस्था गर्न लागिएको प्राधिकरणले आज प्रकाशित गरेको सूचनामा उल्लेख छ ।

  • सम्बन्धित विषय:

  • # विद्युत प्राधिकरण

  • तेस्रो आँखा
    लेखकबाट थप