• ट्रेण्डिङ्ग :
निर्वाचन सामाग्री ढुवानीको काम तिब्र बनाउँदै आयोग

निर्वाचन सामाग्री ढुवानीको काम तिब्र बनाउँदै आयोग


  • 5.2K
    SHARES
    • कार्तिक ११, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 8.1K Views

    निर्वाचन सामाग्री ढुवानीको काम तिब्र बनाउँदै आयोग

    काठमाडौँ, कात्तिक ११ । निर्वाचन आयोगले निर्वाचन सामग्री ढुवानीको कामलाइ तिव्रता दिने भएको छ । समानुपातिक तर्फको मतपत्र अब ९ जिल्लामा मात्रै ढुवानी गर्न बाँकी रहेको र अब ढुुवानीको कामलाई तिव्रता दिने आयोगले जनाएको हो । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले सडक सुबिधा नभएको र हेलिकप्टरको माध्यमबाट मतपत्र ढुवानी गर्नुपर्ने भएकाले ९ जिल्लामा समानुपातिक तर्फको मतपत्र ढुवानीमा केही ढिलाइ भएको जानकारी दिए । प्रत्यक्ष तर्फको मतपत्र ढुवानीको काम पनि आउँदो २० गतेसम्ममा गरिसक्ने आयोगले तयारी गरेको छ ।

    images

    हिमाली र दुर्गम जिल्लाका मतपत्र सुरुमा नै छापिसकेर २० गते भित्र निर्वाचन क्षेत्रमा पु¥याइसक्नेसहायक प्रवक्ता अर्यालले जानकारी दिए । उनका अनुसार यसपाली मतदाता शिक्षाको कार्यक्रमलाइ पनि आयोगले जोड दिने भएको छ । स्थानीय तह निर्वाचनको समयमा मतदाता शिक्षामा कमि भएकाले बदर मत बढेको गुनासो आएपछि अहिले मतदाता शिक्षा कार्यक्रमको तरिकालाइ केही सुधार गरिएको उनले बताए । साथै आयोगले राजनीतिक दल तथा उम्मेद्वारलाइ पनि मतदाता शिक्षामा जोड दिन अनुरोध गरेको छ । मत माग्ने मात्रै नभइ मत हाल्ने तरिका पनि सिकाउन आयोगले उम्मेद्वारहरूलाइ अनुरोध गरेको छ । 


    तेस्रो आँखा