काठमाडौँ, कात्तिक १२ । नेपाली कांग्रेसले सबै सरकारी सेवालाई अनलाईनमा उपलब्ध गराउने अठोट लिएको छ । शनिबार सार्वजनिक घोषणा पत्रमा कांग्रेसले सबै सरकारी सेवाहरुलाई यथाशक्य अनलाइनमा उपलब्ध गराई जनताले लाइन लागेर सरकारी सुविधा लिनुपर्ने स्थिति अन्त गरिने उललेख गरेको छ । साथै कांग्रेसले अधिकांश विद्यालय,स्वास्थ्य चौकी र सामुदायिक भवनहरु सम्म ईन्टरनेटको पहुँच पुर्याउने घोषणा गरेको छ ।
यस्तो छ कांग्रेसको सञ्चार सम्बन्धी घोषणाको पुरा विवरण
इन्टरनेटको पहुँच अधिकांश विद्यालय, स्वास्थ्य चौकी र सामुदायिक भवनहरुसम्म पु¥याइने छ र शिक्षा तथा स्वास्थ्य सेवालाई इन्टरनेटको माध्यमबाट रुपान्तरण गरिने छ । कोहलपुर, खुमलटार तथा धरानमा डाटा केन्द्र तथा बुटवलमा इन्टरनेट एक्स्चेन्ज केन्द्र बनाइने छ ।
साइबर सुरक्षालाई विशेष ध्यान दिइने छ भने ’डिजिटल नेपाल’ फ्रेमवर्क लागू गरिने छ । सबै सरकारी सेवाहरुलाई यथाशक्य अनलाइनमा उपलब्ध गराई जनताले लाइन लागेर सरकारी सुविधा लिनुपर्ने स्थिति अन्त गरिने छ ।
हुलाक सेवाको आधुनिकीकरण गर्दै सरकारी दस्तावेजहरु ओसारप्रसारमा प्रयोग गर्ने र पासपोर्ट लगायतका जनसाधारणलाई अति आवश्यक दस्तावेजलाई घरमै पु¥याउने काममा हुलाकलाई प्रयोग गरिने छ ।
