दाङ, कात्तिक १२ । तिहार सकिएसंगै उम्मेदवारहरु पुनः चुनावी प्रचारमा खटिएका छन् । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका उम्मेदवारहरु तिहार सकिए संगै मतदाताहरुको घरदैलो केन्द्रीत बनेका छन् । यसैक्रममा दाङ क्षेत्र नम्बर २ (ख) का प्रदेशसभा सदस्य उम्मेदवार प्रचण्ड न्यौपाने पनि मतदाताको घरदैलोमा पुगेका छन् । उनले मतदाताहरुलाई भेटेर आगामी निर्वाचनका लागि मत मागे का छन् ।
विभिन्न स्थानमा पुगेर मत माग्दै तथा आशिर्वाद लिँदै न्यौपाने ।




