काठमाडौँ, कात्तिक १२ । नेपाली कांग्रेसले ३ बर्ष मुनीका बालबालिका र ७३ बर्ष भन्दा माथिका ज्येष्ठ नागरिकको निशूल्क उपचारको नीति लिएको छ ।
उसले आज घोषणापत्र मार्फत यस्तो घोषणा गरेको हो । यसैगरि ५ बर्ष भित्र सबै नागरिकको स्वास्थ्य बिमा र बिमा मार्फत गम्भीर प्रकृतिका रोगको उपचारको सुनिश्चितता गर्ने समेत कांग्रेसले उल्लेख गरेको छ ।
यसैगरि बिमा रकमको दायरा बढाउने समेत कांग्रेसको घोषणा छ । उसले बिमा रकमको दायरा बढाई १० लाख पुर्याउने घोषणा गरेको छ ।
