• ट्रेण्डिङ्ग :
माओवादी केन्द्र, एकीकृत समाजवादी र राप्रपाको चुनावी घोषणापत्र आज आउने 

माओवादी केन्द्र, एकीकृत समाजवादी र राप्रपाको चुनावी घोषणापत्र आज आउने 


  • 5.0K
    SHARES
    • कार्तिक १४, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 7.7K Views

    माओवादी केन्द्र, एकीकृत समाजवादी र राप्रपाको चुनावी घोषणापत्र आज आउने 

    काठमाडौँ, कात्तिक १४ । नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी र राप्रपाले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दैछन् । माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलका अनुसार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि तयार पारिएको घोष्णापत्र सार्वजनिक गर्ने तयारी भएको छ ।  राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको विषय घोषणापत्रमा उठाइएको नेता पोखरेलले बताए ।

    images

    एकीकृत समाजवादी पार्टीले पार्टी केन्द्रीय कार्यालय मीनभवन काठमाडौँमा दिउँसो १ बजे घोषणापत्र सार्वजनिक गर्न लागेको महासचिव डा बेदुराम भुसालले बताए । एकीकृत समाजवादीले ‘राष्ट्रिय स्वाभिमान, संविधानको रक्षा र स्थिरता हाम्रो सरोकार, आर्थिक सामाजिक रूपान्तरण समृद्धि समाजवादको आधार’भन्ने मूल नारा बनाएको छ । शिक्षा र स्वास्थ्यमा राज्यले लगानी गर्ने र जनतालाई निःशुल्क गुणस्तरीय शिक्षा र स्वास्थ्यको व्यवस्था गर्नेसहितका विषय घोषणापत्रमा समेटिएको महासचिव भुसालले जानकारी दिए ।


    तेस्रो आँखा