• ट्रेण्डिङ्ग :
मतदाता शिक्षा कार्यक्रम कात्तिक १८ देखि सुरु गरिने  

मतदाता शिक्षा कार्यक्रम कात्तिक १८ देखि सुरु गरिने  


  • 6.0K
    SHARES
    • कार्तिक १४, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 9.3K Views

    मतदाता शिक्षा कार्यक्रम कात्तिक १८ देखि सुरु गरिने  

    काठमाडौँ, कात्तिक १४ । यही कात्तिक १८ गतेदेखि मुलुकभरमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने भएको छ । स्थानीय तहसँगको सहकार्यमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न लागिएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए । आगामी मङ्सिर ४ को निर्वाचनमा मतदाताको सहभागिता बढाउन र मत बदर हुन नदिन आयोगले मतदाता शिक्षा कार्यक्रम सुरु गर्न लागेको उनको भनाइ छ ।

    images

    आयोगले मतदाता शिक्षा कार्यक्रमएक करोड ८० लाख मतदातासम्म पु¥याउन प्रत्येक वडामा एउटा स्वयंसेवक परिचालन गर्न लागेको सहायक प्रवक्ता अर्यालले जानकारी दिए । मतदान गर्ने तरिका, मतपत्र मतपेटिकामा खसाल्ने, मतदान केन्द्रसम्म पुग्नेलगायत विषयमा स्वयंसेवकले जानकारी दिनेछन् । 


    तेस्रो आँखा