• ट्रेण्डिङ्ग :
नेकपा एसको घोषणापत्र : विदेशबाट फर्केका युवालाई १० लाख 

नेकपा एसको घोषणापत्र : विदेशबाट फर्केका युवालाई १० लाख 


  • 4.4K
    SHARES
    • कार्तिक १४, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 6.7K Views

    नेकपा एसको घोषणापत्र : विदेशबाट फर्केका युवालाई १० लाख 


    भू–उपयोग नीतिमा परिमार्जन गर्ने, विदेशबाट फर्केर कृषिमा लागेका युवालाई १० लाख ऋण दिने लगायतका विषय समेटेर नेकपा एकीकृत समाजवादीले घोषणापत्र सार्वजनिक गरेको छ । एकिकृत समाजवादीले विदेशबाट फर्केका युवालाई कृषि पेशामा आकर्षित गर्न १० लाखसम्म निव्र्याजी ऋण दिने व्यवस्था गर्न अभियान नै सञ्चालन गर्ने योजना ल्याएको हो ।

    images

    घोषणापत्रमा एकीकृत समाजवादीले पूर्वदेखि पश्चिमसम्म मेगा नहर बनाउने पनि उल्लेख गरेको छ । नेपालको पूर्वदेखि पश्चिमसम्मका सबै नदीलाई एक अर्कासँग जोडी ‘पूर्व–पश्चिम मेगा नहर’ बनाई सिँचाइ, कृषि सडक, खानेपानी तथा जलमार्ग र निश्चित स्थानहरूमा पर्यटकीय स्थानहरूको विकास गर्ने गरी राष्ट्रिय गौरवको आयोजना बनाउन पहल गर्ने एकीकृत समाजवादीले घोषणा पत्रमा उल्लेख गरेको छ ।

    साथै गणतन्त्र स्थापना, शान्ति स्थापना, शान्ति स्थापनामा नेतृत्वदायी भुमिका, मध्येपहाडी लोकमार्ग र काठमाडौँ–निजगढ द्रुतमार्गको सुरुवात, कलंकी–नौबिसे सुरुङमार्ग, जनता आवास कार्यक्रम लगायतलाई आफ्नो नेतृत्वमा भएका कामहरू मान्दै एकिकृत समाजवादीले प्राप्त उपलब्धीको रक्षा र बिस्तार गर्ने प्रतिवद्धता जनाएको छ ।


    तेस्रो आँखा