• ट्रेण्डिङ्ग :
भारतको गुजरातमा झोलुङ्गे पुल दुर्घटना : मृत्यु हुनेको सङ्ख्या १ सय ४१ पुग्यो

भारतको गुजरातमा झोलुङ्गे पुल दुर्घटना : मृत्यु हुनेको सङ्ख्या १ सय ४१ पुग्यो


  • 7.1K
    SHARES
    • कार्तिक १४, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 10.9K Views

    भारतको गुजरातमा झोलुङ्गे पुल दुर्घटना : मृत्यु हुनेको सङ्ख्या १ सय ४१ पुग्यो

    भारतको पश्चिमी राज्य गुजरातमा झोलुङ्गे पुल भत्किँदा कम्तिमा १ सय ४१ जनाको मृत्यु भएको छ । एक स्थानीय अधिकारीका अनुसार दुर्घटनामा मृत्यु हुनेमा अधिकांश महिला, बालबालिका र वृद्ध छन् । दीपावली पर्व मनाउने क्रममा भिडले खचाखच मोरबीको पुल भाँच्चिएको थियो । हालसम्म १ सय ७३ जनाभन्दा बढीलाई उद्धार गरिएको छ । कैयौँ हराइरहेका छन् ।

    images

    गुजरातका गृहमन्त्रीले उक्त घटनाबारे जानकारी दिँदै मृतकको सङ्ख्या बढ्नसक्ने बताए । उक्त दुर्घटनाबारे आपराधिक मुद्दा दर्ता गरिएको छ । राज्य सरकारका प्रहरी प्रमुखको नेतृत्वमा आजैदेखि अनुसन्धान पनि थालिएको छ । यसैबीच, प्रधानमन्त्री नरेन्द्र मोदीले पुल भत्केर भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै राहत तथा उद्धारका काममा कुनै किसिमको ढिलासुस्ती नहुने बताएका छन् । 


    तेस्रो आँखा