• ट्रेण्डिङ्ग :
आयोगद्वारा हालसम्म ७१ जनालाई स्पष्टीकरण 

आयोगद्वारा हालसम्म ७१ जनालाई स्पष्टीकरण 


  • 3.8K
    SHARES
    • कार्तिक १७, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 5.8K Views

    आयोगद्वारा हालसम्म ७१ जनालाई स्पष्टीकरण 

    निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै हालसम्म ७१ जनालाई स्पष्टीकरण सोधेको छ । मङ्सिर ४ मा हुने प्रनिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि विभिन्न जिल्लाबाट उम्मेदवारी दिएका उम्मेद्वार तथा अन्य व्यक्तिलाई स्पष्टिकरण सोधिएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए । उनले स्पष्टीकरण छानबिन गरेर तथ्य र प्रमाण पुगेको ठाउँमा कारबाही प्रक्रिया अघि बढाइसकेको पनि बताए  ।

    images

     

    आयोगले सार्वजनिक पद धारण गरेका व्यक्तिले निर्वाचन प्रचारप्रसारमा जाँदा निर्वाचन आयोगको अनुमति लिनुपर्ने पनि बताएको छ । यसैबीच आयोगले उम्मेदवारहरूको चुनावी खर्चको परीक्षण मान्यता प्राप्त लेखापरीक्षकबाट गराउने भएको छ ।

    कानुनी व्यवस्थालाई व्यवहारिक कार्यान्वयनका निम्ति यसपटकबाट लेखापरीक्षण गर्न लागिएको प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए । निर्वाचनका लागि उम्मेदवारहरूले आजबाट कोणसभा तथा आमसभा गर्न पाउने भन्दै उहाँले कोणसभा र आमसभा गर्दा लागेको खर्च मङ्सिर १९ गतेभित्र बुझाइसक्न र सार्वजनिक पदमा आसीन व्यक्तिले प्रचारप्रसारमा जाँदा आयोगको अनुमति लिनुपर्ने बताए ।

     

    यस्तै, आयोगले निर्वाचन आचारसंहिता लागु भइसकेको अवस्थामा जग्गा वितरण र त्यससम्बन्धी सम्पूर्ण काम तत्कालका लागि रोक्न निर्देशन दिएको छ । आयोगले कञ्चनपुरको कृष्णपुर नगरपालिकाले निर्वाचन आचारसंहिता विपरीत राष्ट्रिय भूमि आयोगमार्फत जग्गा वितरणका लागि भइरहेको जग्गा नापजाँच तत्काल रोक्न निर्देशन दिएको छ । 


    तेस्रो आँखा