• ट्रेण्डिङ्ग :
आजबाट मतदाता शिक्षा कार्यक्रम सुरु हुँदै

आजबाट मतदाता शिक्षा कार्यक्रम सुरु हुँदै


  • 3.4K
    SHARES
    • कार्तिक १८, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 5.3K Views

    आजबाट मतदाता शिक्षा कार्यक्रम सुरु हुँदै

    आगामी मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आजबाट मतदाता शिक्षा सुरु हुँदैछ । देशभरका ६ हजार ७ सय ४३ वडामा कार्यक्रम सञ्चालन गर्न हरेक वडामा स्वयंसेविका परिचालन गरिँदैछ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले मतदाता शिक्षाका लागि करिव ५० करोड रुपैयाँ खर्च हुने जानकारी दिए ।

    images

    चुनावमा मतदातालाई सक्रिय सहभागी गराउन र मत बदर हुन नदिन आयोगले मतदाता शिक्षा कार्यक्रम सुरु गरेको हो । एक जना स्वयंसेविकाले १५ जनाको समूहमा दुईवटा ब्रोसरबाट मतदान गर्ने, मतपत्र मतपेटिकामा खसाल्ने, मतदान केन्द्रसम्म पुग्नेलगायत विषयमा जानकारी दिने आयोगले जनाएको छ । 


    तेस्रो आँखा