• ट्रेण्डिङ्ग :
कैलालीमा छ जना पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा

कैलालीमा छ जना पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा


  • 5.8K
    SHARES
    • कार्तिक २१, २०७९ सोमबार
    • ३ बर्षs अघि
    • 8.9K Views

    कैलालीमा छ जना पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा

    आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलालीमा छ जना पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । पाँच निर्वाचन क्षेत्र रहेको कैलालीमा क्षेत्र नं २ बाहेक चार निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनकोतर्फबाट दुई, नेकपा (एमाले)बाट तीन र स्वतन्त्र एक गरी छ जना पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । निर्वाचन क्षेत्र नं १ मा सत्तागठबन्धनबाट पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता रामजनम चौधरी, क्षेत्र नं ४ मा सत्तागठबन्धनबाट पूर्वमन्त्री एवं कांग्रेसका प्रदेशसभापति वीरबहादुर बलायर चुनावी मैदानमा छन् । क्षेत्र नं ४ मा एमालेका तर्फबाट एमाले सचिव एवं पूर्वमन्त्री लेखराज भट्ट मुख्य प्रतिस्पर्धी छन् । त्यसैगरी कैलाली निर्वाचन क्षेत्र नं ३ मा एमालेका नेता एवं पूर्वमन्त्री गौरीशङ्कर चौधरी चुनावी मैदानमा छन् । 
    त्यसैगरी कैलाली निर्वाचन क्षेत्र नं ५ मा एमालेका नेता एवं पूर्वमन्त्री नारदमुनि राना र कांग्रेसका पूर्वराज्यमन्त्री पुष्करनाथ ओझा स्वतन्त्रबाट चुनावी प्रतिस्पर्धामा छन् । सत्तागठबन्धबाट नेपाली कांग्रेसका डिल्लरिाज पन्त उम्मेदवार छन् । 

    images


    तेस्रो आँखा