• ट्रेण्डिङ्ग :
नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा

नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा


  • 6.4K
    SHARES
    • आश्विन २७, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 9.8K Views

    नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा

    मालदिभ्समा जारी साफ च्याम्पियनसिप २०२१ मा नेपाल फाइनल प्रवेश गरेको छ।

    images

    बुधबार मालदिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा भएको खेलमा बंगलादेशलाई बराबरीमा रोक्दै नेपाल पहिलो पटक फाइनलमा पुगेको हो। नेपालले बंगलादेशविरूद्ध दोस्रो हाफमा गोल गरेको थियो। नेपालका लागिस अन्जन विष्टले ८८ औं मिनेटमा पेनाल्टीमार्फत् गोल गरेका हुन्।

    पहिलो हाफमा बंगलादेशका सुमन रेजाले नेपालविरूद्ध नवौं मिनेटमा गोल गरेका थिए। 

     
    नेपाली समय अनुसार बुधबार पौने ५ बजेदेखि राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा खेल सुरू भएको हो।

    फाइनलमा प्रवेश गर्न नेपाललाई जीत वा बराबरीमा सकाए पुग्ने थियो। यता बंगलादेशले भने खेल जित्नुपर्ने थियो। तर बंगलादेशले नेपाललाई पराजित गर्न सकेनन्। 

    आयोजक माल्दिभ्स र भारतबीच आज राति खेल हुँदैछ। खेलमा फाइनलमा पुग्न भारतलाई जित तथा माल्दिभ्सलाई बराबरी आवश्यक हुनेछ।


    तेस्रो आँखा