• ट्रेण्डिङ्ग :
जापानी विदेश राज्यमन्त्री नेपाल आउँदै

जापानी विदेश राज्यमन्त्री नेपाल आउँदै


  • 3.6K
    SHARES
    • मंसिर १, २०७९ बिहीबार
    • ३ बर्षs अघि
    • 5.6K Views

    जापानी विदेश राज्यमन्त्री नेपाल आउँदै

    मित्र राष्ट्र जापानका विदेशराज्यमन्त्री सुनशुके ताकेई नेपालमा यही मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षणका लागि नेपाल आउँदैछन्  । उनी निर्वाचन पर्यवेक्षणका लागि यही मङ्सिर ४ गते नेपाल आउन लागेको नेपालस्थित जापानी दूतावासले जनाएको छ ।

    images

    नेपालमा यसअघि विसं २०७४ को आमनिर्वाचनमा जापान सरकारले पूर्व उपमन्त्री होरी इवाओ एचईको नेतृत्वमा निर्वाचन पर्यवेक्षण टोली पठाएको थियो । मन्त्री ताकेई जापानबाट नेपाल निर्वाचन पर्यवेक्षकका रूपमा पठाइने उच्च अधिकारी हुन्  । “नेपालको थप विकास र समृद्धिका लागि लोकतन्त्रिक शासन व्यवस्था अपरिहार्य भएकाले आसन्न निर्वाचन निष्पक्ष, पारदर्शी र शान्तिपूर्णरूपमा सम्पन्न हुनुपर्ने आवश्यकतामा जापानले जोड दिएको छ”, दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । दुईदिने नेपाल बसाइका क्रममा उनले  नेपालका उच्चपदस्थ व्यक्तित्वसँग शिष्टाचार भेट गर्ने  कार्यक्रम छ ।


    तेस्रो आँखा