काठमाडौं, २ पुस । नेपाली कांग्रेस १४ औं महाधिवेशन अन्र्तगत सह—महामन्त्री पदकालागि भएको मतदानको मतगणना सकिएको छ । ललितपुरस्थीत पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको मतगणनामा खसआर्य तर्फ किशोर सिंह राठौर विजयी भएका छन् । उनले २५७६ मत प्राप्तगरि विजयी भएको केन्द्रीय निर्वाचन समिति सचिव केशव रिजालले बताए ।
उनका प्रतिवद्धी देवराज चालिसेले २०५९ मत प्राप्त गरेका छन् । खसआर्य तर्फ ४५९२ मत खसेको निर्वाचन समितिले जनाएको छ । त्यस्तै मुस्लिम कोटा तर्फ फरमुल्लाह मन्सुर विजयी भएका छन् । उनले ४६९५ मत खसेकोमा २७७६ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्धी शेख वकीलले १८७५ मत प्राप्त गरेका छन् ।
त्यस्तै, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे विजयी भएका छन्, उनले २४११ मत प्राप्त गर्दा, उनका प्रतिद्वन्द्धी जिवन बहादुर शाहीले २१३३ मत प्राप्त गरे । त्यस्तै अर्का उम्मेदवार चेतराज बजालले ९९ मत ल्याएका छन् ।
थारुतर्फ सहमहामन्त्रीमा उमाकान्त चौधरी निर्वाचित भएका छन् । उनले तेजुलाल चौधरीलाई ८७९ मतले हराएर । निर्वाचित चौधरीले २ हजार ७५६ र प्रतिस्पर्धी तेजुलालले १ हजार ८७७ मत प्राप्त गरेका थिए । मधेशी कोटाबाट महेन्द्र यादव निर्वाचित भएका छन् ।
त्यस्तै, गएराति सम्पन्न दलित, महिला र आदिवासी तर्फका सहमहामन्त्रीको नतिजा सार्वजनिक भएको थियो । दलिततर्फ जीवन परियार निर्वाचित भएका छन् । उनले मानबहादुर विश्वकर्मालाई पराजित गरेका हुन् । उनले २२१५ मत पाएका छन् । मानबहादुरले २१७५ मत मात्र पाए । यस्तै गंगा सुनारको मत २२९ छ ।
यस्तै कांग्रेस सहमहामन्त्रीमा महिलातर्फ महालक्ष्मी उपाध्याय डिना विजयी भएकी छन् । उनी देउवा समूहकी हुन् । कमला पन्तलाई ४२८ पराजित गर्दै डिनाले २५३३ मत ल्याएइन् । यसैगरी आदिवासी जनजातितर्फ भीष्मराज आङदेम्बे विजयी भएका छन् । उनी देउवा समूहका हुन् ।
आङ्दाङ्वेले २७११ मत ल्याए । कोइराला समूहका विकाश लामाले १९१३ मत ल्याए । कांग्रेस विधान अन्र्तगत विभिन्न क्लस्टरबाट ८ सहमहामन्त्रीकालागि १९ जना प्रतिस्पर्धामा थिए ।
