• ट्रेण्डिङ्ग :
कास्की-२ मा घण्टीको सुरुवाती अग्रता, पछ्याउँदै एमाले

कास्की-२ मा घण्टीको सुरुवाती अग्रता, पछ्याउँदै एमाले


  • 4.9K
    SHARES
    • मंसिर ५, २०७९ सोमबार
    • ३ बर्षs अघि
    • 7.5K Views

    कास्की-२ मा घण्टीको सुरुवाती अग्रता, पछ्याउँदै एमाले

    कास्की-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका माधव कँडेलले अग्रता लिएका छन्। बिहान २ बजेदेखि सुरु भएको मतगणमा कँडेललाई एमालेकी विद्या भट्टराईले पछ्याइरहेकी छन्।

    images

    वडा नम्बर १५ को कोलपाटन बुथको ५४० मत  गनिसक्दा कँडेलले १ सय ६२ मत पाएका छन् भने विद्याले १ सय २२ मत पाएकी छन्। यस्तै पाँच दलीय गठबन्धनका श्रीनाथ बरालले भने हालसम्म १ सय १० मत पाएका छन्।

    सुरु गरिएको निर्वाचन अधिकृतको कार्यालय कास्की २ का सूचना अधिकारी नवीन भण्डारीले जानकारी दिए।

    प्रदेशसभातर्फ भने राप्रपका विजयबहादुर भण्डारीले १ सय ९८ मत पाउँदा नेकपा एमालेका भीम कार्कीले १ सय ४५ मत पाएका छन्। यस्तै गठबन्धनका विश्वप्रकाश लामिछानेले १ सय ६ मत पाएका छन्।


    तेस्रो आँखा