• ट्रेण्डिङ्ग :
जित्नै जानेका ईन्द्रजीत

जित्नै जानेका ईन्द्रजीत


  • 6.3K
    SHARES
    • मंसिर ९, २०७९ शुक्रबार
    • ३ बर्षs अघि
    • 9.8K Views

    जित्नै जानेका ईन्द्रजीत

    पहिलो संविधानसभा निर्वाचनमा माओवादी केन्द्रका ईन्द्रजीत चौधरी कांग्रेसका हेभिवेट नेता खुमबहादुर खड्कासंग प्रतिष्पर्धामा थिए । क्षेत्र नम्बर १ का उनका लागि यो भिडन्त निकै पेचिलो बन्ने लख काटिएकै थियो । तर ईन्द्रजीतलाई देउखुरीको जनमतले जिताईदियो । उनी संविधानसभा सदस्य चुनिए । 

    images


    २०७० को पछिल्लो संविधानसभा निर्वाचनमा उभि भिडेनन् । तर २०७४ को प्रतिनिधिसभा निर्वाचनमा त्यहाँको जनमत फेरी उनै ईन्द्रजीतको पक्षमा उभियो । प्रदेशसभा सदस्यका लागि भिडेका उनका लागि त्यो भिडन्त उनको राजनीतिका लागि अति महत्वपूर्ण ईनिङ बन्यो । उनको प्रदेशसभा ईन्ट्रि केवल प्रदेश सांसदका लागि मात्रै बनेन, प्रदेश सरकारका मन्त्री बन्ने अवसर बन्यो । उनी यो प्रदेशका स्वास्थ्य मन्त्री बनेर आफ्नो राजनीतिक उचाईलाई थप चुलाए । 


    प्रदेश सरकारमा एका कार्यकाल मन्त्री बनेका ईन्द्रजीतकालागि सरकारमा थप उँचो हैसियत कायम गर्ने अवसर अहिले पुनः बनिदएको छ । उनी आफ्ना लगातारका तीन वटा प्रतिष्पर्धामा जीत निकालेर राजनीतिक खेलमा ‘ह्याट्रिक’ गर्ने काबिल खेलाडी बनेर निस्कीए । उनी आफ्नो जीतको लक्ष भन्छन् ‘लुम्बिनी प्रदेशको स्थायी राजधानी कार्यान्वयन ।’ यससंगै आम नागरिकका अधिकार त उनका प्राथमिकता रहनेनै भए । 


    दाङ १(१) मा अघिल्लो पटकको जीत । अनि आफू प्रदेशका मन्त्री छँदा उनले मतदाताहरुमा पारेको प्रभाव उनको जीतका लागि बलियो अस्त्र बन्यो । आफ्नो , र आफ्नो दलको प्रभावसंगै वर्तमान सत्ता गठबन्धनको शक्तिमा रहेको ‘दम’ले ईन्द्रजीतलाई हार्न दिएन । गठबन्धनको बलियो कार्यान्वयन फितलो हुने आश एमालेका लागि फापेन । फलत ः ह्याट्रिक जित निकालेर ईन्द्रजीत प्रदेशसभामा थप दमदार ईन्ट्रि मार्ने हैसियतमा पुगे ।


    माओवादी केन्द्रको लामो राजनीतिमा रहेका ईन्द्रजीत पार्टीका लागि कुशल संगठकका रुपमा चिनिन्छन् । उनले तत्कालीन माओवादी युद्धकालमा संगठन निर्माणको जिम्मेवारी निर्वाह गरेका थिए । थारु समुदायकै भएका कारण उनलाई माओवादीले थारु संगठन निर्माणका लागि जिम्मा दिएको थियो । त्यो बेला उनले ‘थारु पहिचान’ संरक्षणको नारा उठाएर थारु समुदायका नागरिकहरुलाई संगठित पार्ने काम गरेका थिए । मूलतः उनी त्यो बेला देउखुरी क्षेत्रका बस्तीहरुमा मुभ थिए । थारु समुदायमा त्यो बेला देखिनै आफ्नो प्रभाव राख्न सकेका ईन्द्रजितले आफ्नो प्रभावलाई यो निर्वाचनको जनमतबाट पुनः पुष्टि गरिदिएका छन्।    
        

     


    तेस्रो आँखा