• ट्रेण्डिङ्ग :
देउवाको दोस्रो कार्यकाल : ‘दोष’ पखाल्ने अवसर 

देउवाको दोस्रो कार्यकाल : ‘दोष’ पखाल्ने अवसर 


  • 7.2K
    SHARES
    • पौष ३, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 11.1K Views

    देउवाको दोस्रो कार्यकाल : ‘दोष’ पखाल्ने अवसर 
    • देवेन्द्र बस्नेत/तेस्रो आँखा

    काठमाडौं, ३ पुस । पछिल्लो संविधानसभा निर्वाचन २०७० मा पहिलो दल बनेको नेपाली कांग्रेस त्यस पछिको ४ बर्ष सम्म आफ्नो त्यो बिरासत कायम गर्न सकेन । त्यो बेलाको ठूलो दल कांग्रेसले २०७४ को प्रतिनिधिसभा-प्रदेशसभा निर्वाचनमा कम्युनिष्ट पार्टीलाई झण्डै दुइ तिहाई बहुमत सुम्पिदियो । माओवादी र एमालेको चुनावी गठबन्धनका कारण कांग्रेस कमजोर बन्नुको एउटा कारण त थियो नै ।

    images

    तर कांग्रेसको आन्तरिक ‘बल’ कति थियो भन्न्ने प्रश्न पनि ०७४ को मतपरिणामले उब्जाईदियो । त्यहित, ‘कमजोर नेतृत्व’ का कारण कांग्रेसले अनपेक्षित रुपमा हार ब्यहोर्न पुगेको चर्चा पार्टीको १४ औँ महाधिवेशन सम्म पनि कांग्रेस वृत्तमा चलिरह्यो । 
    कांग्रेसको नेतृत्वमा रहेका कारण कांग्रेसवृत्तमा चलेको यो आलोचनाको शिकार शेरबहादुर देउवा बने ।  कांग्रेसको संगठन भन्दा पदलाई केन्द्रमा राखेर अघि बढेका देउवाका कारण संगठन ‘ध्वस्त’ बनेको भन्दै उनको नैतिकता माथिनै प्रश्न उब्जियो ।

    यसअघिको आफ्नो कार्यकालमा कांग्रेसलाई कमजोर बनाएको आरोप लागेका उनै देउवा फेरी चार वर्षका लागि कांग्रेसको बागडोर सम्हाल्ने गरि सभापतिमा अनुवन्धीत भएका छन् । यो दोस्रो कार्यकाल देउवाका लागि पहिलो कार्यकालमा लागेको ‘दोष’ पखाल्ने अवसर पनि बनेको छ ।

    उनले यो कार्यकालमा आँफूलाई सत्ता भन्दा पार्टीमुखी बनाउन सकेको खण्डमा सफल सभापतिका रुपमा कांग्रेस इतिहाँसमा कोरिने छन् । तर पहिलो कार्यकालमा लागेका आरोपलाई बेवास्ता गर्दै संगठन प्रति गैर जिम्मेवार बनेको खण्डमा देउवालाई कांग्रेस वृत्तका एक ‘ठूला असफल’ सभापतिका रुपमा कांग्रेसका कैयन पछिल्ला पुस्ताहरुले चिनिरहने छन् । 
    त्यसो त, अब देउवालाई ‘मतलवी’ सभापति बनेर सानेपामा बस्ने ‘ऐशआराम’ गर्ने छुट अहिले चुनिएको नेतृत्वले दिने भने छैन । फलतः देउवालाई मतलवी बन्न चुनौती छ नै ।

    आँफूले सभापतिमा बाजी मारेपनि देउवाका ‘पृयपात्र’ हरु भने उनिबाट छुटेका छन् , अर्थात बाजी मार्न बिफल भए । देउवाले पूर्णबहादुर खड्कासँगै विजयकुमार गच्छदारलाई उपसभापतिमा निर्वाचित गर्न चाहन्थे । यी दुवै उपसभापतिमा निर्वाचित भैदिएको भए देउवाका लागि नेतृत्व हाँक्न ठूलो ‘आड’ मिल्थ्यो । खड्का त आए तर उनका अर्का भरोसाका केन्द्र गच्छदार भने छुटे । उनको स्थानमा शेखर कोइराला पक्षबाट जुझारु नेता धनराज गुरुङ आए ।

    पुस्तान्तरणको जोडदार माग गर्दै कांग्रेस नेतृत्वको फेरबदल चाहने गुरुङ देउवाको मनपरि बाटोमा ठूलो बार लाग्ने छन् नै । त्यसोत, गच्छदारले आफ्नो हारको कारण उनै देउवासँग खोज्नु स्वाभाविकै हुने छ । तत्कालीन फोरम लोकतान्त्रिकबाट कांग्रेसमा समाहित भएका गच्छदार पराजित हुनु र खड्का विजयी हुनुले पनि देउवासंगको संग गच्छदार सामिप्यतामा केहि न केहि चिसोपना आउने सम्भावना देखिन्छ ।   

    आफ्ना भरोसा गच्छदार पराजित भएपछि देउवालाई उपसभापति तहबाटै अड्को सुरु हुुने छ । यसैगरि महामन्त्रीमा आफ्ना दुई उम्मेदवार नै पराजित बनेपछि देउवालाई ‘सत्तामुखी’ नेता बन्ने सहज बाटो थुनिएको छ । महामन्त्रीमा उनका विश्वास पात्र प्रकाशशरण महत देउवासँगै आउन सकेनन् । यसैगरि उनको समूहबाट उम्मेदवारी दिएका प्रदीप पौडेल पनि पराजित भए । आफ्ना निकटस्थलाई पराजित गरेर दुइ महामन्त्री देउवाका लागि अँझ बढि चुनौती बन्ने छन् । गगनकुमार थापा र बिश्वप्रकाश शर्मालाई आफ्ना महामन्त्री पाएका देउवालाई यी दुई युवा नेताहरुले देउवाको मनपरिको बाटो बन्द गरिदिने आँकलन कांग्रेस राजनीतिमा गरिएको छ ।

    यसर्थ देउवाका लागि कांग्रेसलाई सफल राजनीतिको बाडोमा कुदाउने सफल ‘ड्राईभर’ बन्ने अवसर सँगै मनपरि स्टेरिङ घुमाउन चुनौती पनि छ । यसर्थ उनले आफूलाई रुपान्तरण गर्दै कांग्रेसलाई ‘रुपान्तरित कांग्रेस’ बनाउन सकेको खण्डमा कांग्रेसमा ‘देउवा राज’ को ओज पक्कै पनि बढ्ने छ । 

     

     

     

     

     

     

     

  • सम्बन्धित विषय:

  • # शेरबहादुर देउवा

  • तेस्रो आँखा