मिडिया काउन्सिल मधेस प्रदेशका अध्यक्ष शिवहरी भट्टराई रिसोर्टमा मृत अवस्थामा भेटिएका छन्। सर्लाहीको लालबन्दी-१३ पत्थरकोट स्थित होलिडे रिसोर्टको एउटा कोठामा ६० वर्षीय अध्यक्ष भट्टराई शनिबार बिहान मृत भेटिएका हुन्।
नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाको ११ औँ वार्षिक साधारण सभामा अतिथिका रुपमा सहभागी हुन शुक्रबार साँझ लालबन्दी आइपुगेका भट्टराई रिसोर्ट मै खाना खाएर सुतेका थिए।
शनिबार बिहान अबेर सम्म नउठेपछी उनको कोठामा खोज्न जाँदा मृत अवस्थामा भेटिएको सर्लाहीका प्रहरी प्रवक्ता बिजय श्रेष्ठले बताए। मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा लगिने तयारी भइरहेको डिएसपि श्रेष्ठले बताए।
भट्टराईको मृत्युपछि नेपाल पत्रकार महासंघ सर्लाहीको साधारण सभा स्थगित गरिएको नेपाल पत्रकार महासङ्घ सर्लाहीले जनाएको छ।
