• ट्रेण्डिङ्ग :
नेप्सेमा दोहारो अंकको वृद्धि

नेप्सेमा दोहारो अंकको वृद्धि


  • 3.1K
    SHARES
    • जेठ ४, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 4.8K Views

    नेप्सेमा दोहारो अंकको वृद्धि

    काठमाडौं, ४ जेठ । सेयर बजार परिसूचक नेप्सेमा दोहारो अंकको वृद्धि भएको छ । नेप्से मंगलबार, बुधबार र बिहीबार लगातार तीन दिन बढेर बन्द भएको छ । बुधबार २३.४० अंकले बढेर १८४५.०१ को बिन्दुमा बन्द भएकोमा बिहीबार पनि उतारचढावबीच नेप्से ३२.३० अंकले वृद्धि भएर १८७७.३२ अंकमा बन्द भएको छ ।

    images


    बिहीबार सबै उपसूचकमा वृद्धि हुँदा नेप्से पनि बढेको हो । बिहीबार होटल तथा पर्यटन उपसूचक ३.७५ प्रतिशत र व्यापार उपसूचक ३.७१ प्रतिशतले वृद्धि हुँदा बजारलाई लिड गर्ने बैंकिङ उपसूचक १.१० प्रतिशतले बढेको छ ।

    बिहीबार बजार परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । बुधबार ८२ करोडको कारोबार भएको बजारमा बिहीबार भने ३२ हजार ५७९ वटा कारोबारमा ४४ लाख २२ हजार १८६ कित्ता सूचीकृत धितोपत्र कारोबार हुँदा १ अर्ब ४७ करोड ४८ लाखको कारोबरा भएको छ । 

    जसमध्ये नेपाल दूरसञ्चार कम्पनीको सर्वाधिक ८ करोड ६३ लाखको कारोबार हुँदा शिवम् सिमेन्टको ७ करोड ११ लाख र एनआईसी एशिया बैंकको ६ करोड ७७ लाखको सेयर कारोबार भएको छ ।

    बिहीबार बजारमा कुल २१९ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा २०४ कम्पनीको सेयरमूल्य वृद्धि भएको छ । त्यस्तै ११ कम्पनीको सेयरमूल्य गिरावट हुँदा ४ कम्पनीको सेयरमूल्य गिरावट भएको छ । 

    जसमध्ये हिमालयन ऊर्जा विकास कम्पनी र आत्मनिर्भर लघुवित्तको सेयरमूल्य १० प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा शिवश्री हाइड्रोपावरको ८।१४ प्रतिशत र गणपति लघुवित्तको सेयरमूल्य ७।८३ प्रतिशतले वृद्धि भएको छ ।

    बिहीबार कारोबार भएकामध्ये एनआईबीएल ग्रोथ फण्ड ३.१४ प्रतिशतले गिरावट हुँदा १० प्रतिशत ब्याजदरको ‘हिमालयन बैंक ऋणपत्र २०८३’ १.९९ प्रतिशतले गिरावट भएको छ । सूचीकृत कम्पनीमा सामुदायिक लघुवित्तको सेयरमूल्य १.९६ प्रतिशत र किसान लघुवित्तको सेयरमूल्य १.९१ प्रतिशतले गिरावट भएको छ ।


    तेस्रो आँखा