दाङ, ५ जेठ । दाङको देउखुरीमा शुक्रबार बिहान दुई बस एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् ।
बिहान ६ः२० बजेको सयममा लमहीबाट भालुवाङतर्फ जाँदै गरेको लु २ ख ७८५ नम्बरको बस र वीरगन्जबाट दाङको तुलसीपुर आउँदै गरेको ना ५ ख ४८९८ नम्बरको बस लमही नगरपालिका–३ फल्कापुरमा एक आपसमा ठोक्किएका थिए ।
लमहीबाट भालुवाङतर्फ जाँदै गरेको बसको गती तिव्र भएका कारण दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक राजन कुमार गौतमले जानकारी दिए । मृत्यु हुनेमा रोल्पा रुन्टीगढी ७ निवासी ४२ बर्षीया शोभा परियार रहेको गौतमले बताए । घाइतेहरुको विवरण संकलन भई रहेको छ ।
घाईते मध्ये गम्भीर अवस्था रहेका १२ जनाको उपचारको लागि अन्यत्र रिफर गरिएको छ भने बाँकीको लमहीमा उपचार भई रहेको छ ।
गम्भीर अवस्था रहेका मध्ये ३ जनालाई घोराही, २ जनालाई नेपालगञ्ज र ७ जनालाई भैरहवा रेफर गरिएको छ ।
