• ट्रेण्डिङ्ग :
भारु २००० को नोट नचल्ने

भारु २००० को नोट नचल्ने


  • 2.8K
    SHARES
    • जेठ ६, २०८० शनिबार
    • ३ बर्षs अघि
    • 4.3K Views

    भारु २००० को नोट नचल्ने

    काठमाडौं, ६ जेठ । भारतको केन्द्रीय बैंकले भारु २००० को नोटलाई चलनचल्तीमा नल्याउने निर्णय गरेको छ ।

    images

    भारतीय रिजर्ब बैंक (आरबीआई)का अनुसार यो नोट बैध हुनेछ, तर ३० सेप्टेम्बरसम्म आफ्नो बैंक खाता जम्मा गर्न सकिनेछ ।

    साथै बैंकको कुनै पनि शाखामा गएर आफ्नो नोट बदल्न पाइनेछ । यो सुविधा एक पटकमा २० हजार भारुसम्म २ हजारको नोट बदल्न पाइनेछ । नोट बदल्दा अतिरिक्त शुल्क लाग्ने छैन ।

    बीबीसी हिन्दीका अनुसार आरबीआईले अब नयाँ २००० भारुको नोट जारी गर्ने छैन ।


    आरबीआईले दिएको ३० सेप्टेम्बर २०२३ पछि के हुने बताएको छैन । तर नयाँ निर्देशन आउने सम्भावना छ ।

    भारतमा नोभेम्बर १०१६ मा पहिलो पटक २००० भारुको नोट जारी भएको थियो । त्यो बेला ५०० र १००० भारुको नोटबन्दी गरेपछि अर्थ व्यवस्थामा मुद्राको आवश्यकता पूरा गर्न २००० भारुको नोट ल्याइएको थियो ।

    समाचारहरुमा जनाइएअनुसार ३१ मार्च २०२३ मा ३.६२ लाख करोड मुल्यको २ हजारको भारु नोट बजारमा चलन चल्तीमा थियो । यो नोटको सर्वाधिक सर्कुलेशन ३१ मार्च २०१८ मा ६.७३ लाख करोड भारु थियो, जुन कुल नोटको करिव १० प्रतिशत हो ।


    तेस्रो आँखा