• ट्रेण्डिङ्ग :
लुम्बिनीका नवनियुक्त तीन मन्त्रीले लिए शपथ

लुम्बिनीका नवनियुक्त तीन मन्त्रीले लिए शपथ


  • 3.3K
    SHARES
    • जेठ ८, २०८० सोमबार
    • ३ बर्षs अघि
    • 5.1K Views

    लुम्बिनीका नवनियुक्त तीन मन्त्रीले लिए शपथ

    दाङ ८ जेठ
    लुम्बिनी प्रदेशमा थप तीन जनाले मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमवार प्रदेश प्रमुख कार्यालय बुटवलको सभाहलमा प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको सपथ खुवाएका हुन् ।

    images

    सोमबार नयाँ मन्त्रीको रुपमा नेपाली काँग्रेसका नेता राजु खनाल स्वास्थ्य मन्त्री,जसपाका भण्डारीलाल अहिर कृषि तथा भूमी व्यवस्था मन्त्री र जनमत पार्टीका चन्द्रकेश गुप्ताले सामाजिक मन्त्रीका रुपमा पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

    त्यस्तै त्यसअघि नियुक्त भएका लोसपाका सन्तोषकुमार पाण्डेयलाई आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्रालय र धर्मबहादुर चौधरीलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मा दिएईको छ । यसअघि लुम्बिनी प्रदेश सरकारमा माओवादीका धनबहादुर मास्की अर्थमन्त्री बनिसकेका छन् । सोही कार्यक्रममा लुम्बिनी प्रदेशका  मुख्य न्यायाधिवक्ताका रुपमा वरिष्ठ अधिवक्ता प्रा।डा बुद्ध बहादुर थापाले पद त था गोपनियताको शपथ लिएको छन् ।


    तेस्रो आँखा