तुलसीपुर १६ जेठ
तुलसीपुरमा स्कुटर अनियन्त्रित भई पल्टिदा दुई जना भाइते भएका छन् । मंगलबार बिहान ६ बजेको समयमा बेलुवाबाट कटकुईया योगा गर्न जाने क्रममा रा २ प ७९५८ नं. को स्कुटर अनियन्त्रित भई पल्टिएको थियो ।
उक्त दुर्घटनामा परि तुलसीपुर ९ बेलुवा निवासी स्कुटर चालक ४० वर्षीया राधा बस्याल ढकाल र ४६ वर्षीया सिता शर्मा घाइते भएको ट्राफिक जवान मधुसुदन न्यौपानेले जानकारी दिए ।
सितालाई सामान्य चोट लागेको छ भने ढकाललाई दाहिने हातमा चोट लागेको न्यौपानेले बताए । ढकाललाई तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारको लागि नेपालगञ्ज हुँदै काठमाडौं रेफर गरिएको छ ।
